काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाकाे एक सदस्य पद रिक्त भएकाे सदनलाई जानकारी गराउनुभउकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक सदस्यमा निर्वाचित प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीकाे निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराउनुभएकाे हाे ।
'माननीय सदस्यहरु जनता समाजवादी पार्टीकाे तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सदस्यमा निर्वाचित प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीकाे ०८० चैत ४ गते निधन भएकाेले नेपालको संविधान ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको पद एक पद रिक्त भएको ब्यहाेरा प्रतिनिधि सभा नियमावली, २०७९ काे नियम २१५ काे उपनियम १ बमाेजिम बैठकलाई जानकारी गराउँछु'- उहाँले भन्नुभयाे ।
