काठमाडौं । प्रतिनिधि सभाकाे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे सभापतिकाे चुनाव चैत ७ गते हुने भएकाे छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा समितिकाे सभापतिकाे निर्वाचनका लागि चैत ७ गते बुधबार दिनकाे ३ बजेकाे समय ताेकिएकाे जानकारी गराइएको हो ।
साेही अनुसार समितिकाे सभापतिकाे निर्वाचन कार्यक्रमकाे सूचना प्रकाशित गर्न सभामुखले संघीय संसद् सचिवालयलाई निर्देशन दिनुभयाे ।
समितिको सभापति रहनुभएका एकीकृत समाजवादीका सांसद् भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि साे समितिको सभापति पद रिक्त छ ।
