काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीकाे राजीनामाकाे अडान कायमै राखेकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै कांग्रेस सांसद् दीपक गिरीले सहकारी काण्डमा मुछिएका गृहमन्त्रीले तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने बताउनुभयाे ।
आफैंले आफैंलाई कारबाही गरेकाे नजिर अहिलेसम्म नभएकाे भन्दै उहाँले आराेपित व्यक्ति गृहमन्त्री जस्ताे पदमा बस्नुले अनुसन्धान प्रभावित हुने बताउनुभयाे ।
सहकारी ठगीमा मुछिएका व्यक्तिलाई किन गृहमन्त्री नियुक्त गरियाे भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने सांसद् गिरीले बताउनुभयाे ।
सहकारी ठगी काण्डमै दीपेश पुन पक्राउ पर्दा रवि लामिछानेले भने झन् ठुलो पद पाएकाे समेत उहाँले टिप्पणी गर्नुभयाे । गृहमन्त्रीको राजीनामा बाहेक अन्य टालटुल जवाफले नमान्ने चेतावनी समेत सांसद् गिरीले दिनुभयाे ।
