काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पाैडेलले बाग्लुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएकाे बस दुर्घटनामा घाइते भएकाहरुकाे उपचारकाे व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद्ले ९ जनाकाे ज्यान जानेगरी भएकाे साे दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे - 'घाइतेहरुकाे छिटाे भन्दा छिटाे उपचारकाे व्यवस्था मिलाउन सम्बन्ध पक्षकाे ध्यानाकर्षण गराउँछु ।'
नाइट भिजन हेलिकाेप्टर भएकाे भए केही घाइतेलाई समयमै अस्पताल पुर्याउन सकिने भन्दै उहाँले दुर्घटना न्यूनीकरणका उपायबारे साेच्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
