काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरणका बाँकी काम चाँडै नै पूरा गरिने प्रतिबद्धता जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद् गाेकुल बाँस्काेटाकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरणका बाँकी काम चाँडै पूरा गरिने बताउनुभयाे ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको ७ र ८ नम्बर वडाका जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको भन्दै उहाँले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन दिइसकिएकाे बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको दुई वटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा संरचना निर्माणका लागि विश्विद्यालय अनुदान आयोगको सिफारिस समेतका आधारमा मित्रराष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइसकिएको बताउनुभयाे ।
