काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले भन्सार हुकुमी शैलीमा चलिरहेको बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्तावमाथिकाे छलफलका बाेल्दै प्रमुख सचेतक यादवले आयातकर्ताले भन्सारकाे मूल्य भन्दा कम मूल्यकाे बिलबिजक पेस गरेमा भन्सारले ५० प्रतिशत 'पेनाल्टी' लगाउने बताउनुभयाे ।
पेनाल्टी लगाउने सरकारको नीतिले अवैध कारोबार हुण्डीलाई प्रोत्साहन दिइरहेकाे भन्दै उहाँले अन्तःशुल्कमा लगाइएको 'पेनाल्टी' हटाउनुपर्ने बताउनुभयाे ।
कच्चा पदार्थ आउँदा १० प्रतिशत र तयारी सामान आउँदा ९ प्रतिशत कर लगाइने गरिएकाे भन्दै सांसद् यादवले यसले स्वदेशी उद्याेग डुब्ने बताउनुभयाे । तस्करीको काजु अर्थमन्त्रीसँगै आफूहरुले पनि खाइरहेकाे पनि बताउनुभयाे ।
