काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् डा. स्वर्णिम वाग्लेले नेपालमा भन्सार बदनाम शब्द बनिरहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्तावमाथिकाे छलफलका बाेल्दै सांसद् वाग्लेले नेपालमा भन्सार मालदार अड्डाकाे रुपमा चिनिने गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नेपालमा भन्सार बद्नाम शब्द बनेकाे छ, याे मालदार अड्डाकाे रुपमा चिनिन्छ, पैसा कमाउने थलाे, सेटिङ, चुहावट, तस्करी, करछली, अवैध व्यापारकाे लागि पर्याय नै बनेकाे छ भन्सार ।'
भन्सार जायज भएपनि हाम्रा अभ्यासले यसकाे बदनाम गरेकाे बताउनुभयाे । विचाैलियाहरुकाे बिगबिगी भन्सारमा देखिएकाे भन्दै सांसद् वाग्लेले यी सबै कुरालाई मिलाउने गरी संशाेधनमा जानुपर्ने बताउनुभयाे । भन्सारमा डिजिटलाइसनकाे भरपुर उपयाेग गर्नुपर्ने उहाँले बताउनुभयाे ।
भन्सारलाई राजस्व संकलन केन्द्र मात्र नभएर एकीकृत व्यापार एवं उद्याेग प्रवर्द्धन गर्ने आर्थिक केन्द्र बनाउनुपर्ने सांसद् वाग्लेले बताउनुभयाे ।
