काठमाडाैं । नेकपा एमालेका सांसद् गोकुलप्रसाद बाँस्कोटाले भन्सार विधेयक ढिलाेगरी आएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा भन्सार विधेयकमाथिकाे सैद्धान्तिक छलफलमा बाेल्दै सांसद् बाँस्काेटाले साे विधेयक धेरै अगाडि नै कार्यान्वयन हुनुपर्नेमा बल्ल आएकाे बताउनुभयाे ।
पारदर्शीतामा नेपाल फितलो भएको भन्दै उहाँले यसले वैदेशिक स्रोत परिचालनमा समेत समस्या परेको बताउनुभयाे । साे विधेयक सन् २०१७ मा केपी शर्मा ओली सरकारकाे पालामा नै संसद्मा दर्ता भएकाे सांसद् बाँस्काेटाले बताउनुभयाे । 'विधेयक आयाे खुशीकै कुरा छ, सहमति अनुसार सम्झाैता अनुसार धेरै अगाडि अर्थात सन् २०२२ भित्र कार्यान्वयन भइसक्नुपर्ने थियाे, हामी पारदर्शीताकाे निम्ति यति फितलाे भयाैं कि अन्तर्राष्ट्रिय समुदायलाई समेत यिनीहरु सहमति जनाउँछन् काम गर्दैनन् भन्ने पर्याछ, सायद वैदेशिक स्रोत परिचालनमा समेत समस्या पर्याछ , याे २०१७ मै संसद्मा दर्तामा भएकाे छ ओली सरकारका पालामा'- उहाँले भन्नुभयाे ।
राजस्व नाकामा पारदर्शीता नभएको, मूल नाका भन्दा बाहिरबाट सामान निर्यात भइरहेकाे, तोकिएका बस्तुको मूल्य फरक भएको सांसद् बाँस्काेटाले बताउनुभयाे । उहाँले राजस्व प्रशासनकाे पारदर्शीता, राजस्व क्षेत्रमा हस्तक्षेप घटाउने कुरा, जवाफदेही बनाउने कुरा र राजस्वलाई देश निर्माणकाे आधार बनाउनेगरी भन्सार विधेयक अगाडि बढाउनुपर्ने बताउनुभयाे ।
