काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकका लागि विभिन्न ४ वटा सम्भावित कार्यसूची ताेकिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा उर्जा जलस्राेत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा कृषि विज्ञान तथा पशुपंक्षीमन्त्री ज्वालाकुमारी साहले 'कृषि सहकारी तथा प्राकृतिक स्राेत समितिकाे प्रतिवेदनसहितकाे खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । उहाँले नै खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा आर्थिक वर्ष ०८१-८२ का लागि विनियाेजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ । विधेयकमा उठेका प्रश्नकाे अर्थमन्त्री वर्षमान पुनले आजै जवाफ दिनुहुने कार्यसूची समेत रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
