काठमाडाैं । सभामुख देवराज घिमिरे र शीर्ष दलका ४ प्रमुख सचेतकसहितकाे टोली आज जेनेभा जाने भएकाे छ ।
अन्तर व्यवस्थापिका संसद् (आइपीयू) को सम्मेलनमा भाग लिन सभामुख नेतृत्वकाे १० सदस्यीय टोली साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको संघीय संसद् सचिवालयले जनाएकाे छ ।
टाेलीमा सभामुखसहित, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका कर्मचारी रहनेछन् ।
टोली चैत १६ गते नेपाल फर्किने तालिका छ ।
