काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच बिहीबार संघीय संसद् सचिवालयमा भेटवार्ता भएको हाे । भेटमा उहाँहरुबीच संसद्काे कामकारबाही, दुवै सदनलाई प्रभावकारी बनाएर लैजाने लगायत विषयमा छलफल भएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ ।
भेटमा सभामुख घिमिरेले राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएकाेमा दाहाललाई बधाई तथा शुभकामना दिनुभएकाे थियाे । दाहाल फागुन २९ गते सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।
