काठमाडाैं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकाे प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय चयन हुनुभएकाे छ ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य राेकायलाई साेमबार राष्ट्रिय सभाको प्रमुख सचेतकमा नियुक्त गर्नुभएकाे हाे ।
यसअघिका प्रमुख सचेतक रमेशजंग रायमाझीले राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि साे पद रिक्त थियाे ।
