काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ ।
गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न समितिले गृहमन्त्री लामिछानेलाई भाेलि बुधबार बस्ने समितिकाे बैठकमा बाेलाएकाे हाे ।
समितिका सभापति रामहरि खतिवडाका अनुसार भाेलिकाे बैठकमा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखलाई पनि छलफलका लागि बाेलाइएकाे छ ।
