काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रादेशिक सरोकार समयमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिन सरकारुलाई निर्देशन दिनुभएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा सांसद्हरुले उठाएका विषयहरूको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएकाे हाे । 'माननीय सदस्यहरूले प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयहरूका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५ (क) को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु'- उहाँले भन्नुभयाे ।
आजकाे बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसद्हरुले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
