काठमाडाैं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिनुभएकाे राजीनामा स्वीकृत भएको छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्यालले दिएको राजीनामा स्वीकृति गरिएकाे जानकारी दिनुभएकाे हाे । 'राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको ब्यहोरा सभा समक्ष जानकारी गराउँदछु'- उहाँले भन्नुभयाे ।
उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा पत्र बुझाउनुभएकाे थियाे ।
