काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले जुम्ला कर्णाली जाने सडक विकट हुँदा
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शाहीले कर्णालीले सरकारसँग भिक मागेको नभई अधिकार खोजेको बताउनुभयो । ‘कि त कर्णाली नेपाल भित्र पर्दैन भन्नुस्, हामी आफैँ विकास गरेर देखाउँछौँ’, उहाँले भन्नुभयो ।
कर्णालीले ४० करोड भन्दा बढी कृषि उपचार दिन सक्ने बताउँदै उहाँले देशलाई कर्णालीको विकासका ध्यान दिन आग्रह गर्नुभयो । राम्रो सडक बनाउने हो भने कर्णालीको राराले देशलाई अरबौँ रुपैँया दिने उहाँले बताउनुभयो ।
यदि रारा जाने बाटो पिच हुँदैन भने कर्णालीवासी आन्दोलित हुने शाहीले बताउनुभयो । ‘हामीलाई समताको अधिकार चाहिन्छ’, शाहीले भन्नुभयो ।
शाहीले कर्णाली भ्रष्टाचारी र अनियमितता गर्ने कर्मचारीलाई कारबाही स्वरूप पठाउने थलो बनेको बताउनुभयो । कर्णालीलाई डम्पिङ साइड नबनाउन उहाँले आग्रह गर्नुभयो ।
