काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा उद्याेग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको 'विद्युत व्यापार विधेयक २०८० माथि विचार गरियोस' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
