काठमाडौं । प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले सहकारी ठगी प्रकरणमा देश बनाउँछु भन्नेहरू नै मुछिएका बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सेजुवालले गृहमन्त्री रवि लामिछानेपछि श्रम मन्त्री डीपी अर्याल पनि सहकारी ठगी प्रकरणमा जोडिएको बताउनुभयो ।
कृषि सहकारी संस्थाको ठगी प्रकरणमा उहाँको नाम पनि जोडिएर आएको भन्दै सेजुवालले सो विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभयो । सरकाले ठगहरूलाई मात्र अनुदान दिने र वास्तविक किसानलाई अनुदान नदिएको भन्दै आलोचना पनि गर्नुभयो ।
सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाउन कांग्रेसले बारम्बार आवाज उठाउँदा पनि सरकार सुनुवाइ नगरेको उहाँले बताउनुभयो । सरकारले कांग्रेसलाई कठोर कदम चाल्न बाध्य बनाएको उहाँको भनाइ छ ।
