काठमाडाैं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमष्टेक) बडापत्र प्रतिनिधि सभाबाट अनुमोदन भएकाे छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राख्नुभएकाे बिमष्टेक बडापत्र अनुमोदन गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएकाे हाे ।
त्यसअघि सो बडापत्रको प्रावधानमाथिको छलफलमा सांसद्हरुले भाग लिएका थिए । सांसद्हरुका प्रश्नकाे परराष्ट्रमन्त्री श्रेष्ठले जवाफ दिनुभएकाे थियाे ।
यता उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले पनि बिमस्टेकलाई सार्कको प्रतिस्थापनको संस्थाको रुपमा नेपालमा नलिएको स्पष्ट पार्दै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका थिए।
प्रतिनिधि सभाको अर्को बैठक भाेलि बिहान ११ बजे बस्नेछ ।
