काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् मनिष झाले वैवाहिक समाराेह तडकभडक बन्दै गइरहेकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् झाले वैवाहिक समाराेहमा फिल्मी तरिकाले हल्दी, मेहन्दीलगात बाहिरी संस्कृति भित्रिरहेकाे बताउनुभयाे ।
मधेशमा जन्ती बेहुली कहाँ हेलिकोप्टरमा जाने विकृति बढ्दै गइरहेकाे भन्दै उहाँले याे विकृति राेक्न आवश्यक पहल हुनुपर्ने बताउनुभयाे । 'मधेशमा र देशमा वैवाहिक समाराेह संस्कृति भन्दा पनि तडकभडकतिर जाने, फिल्मी तरिकाले हल्दी, मेहन्दीलगात बाहिरी संस्कृति भित्रिदैछ मधेशमा जन्ती बेहुलीकहाँ हेलिकोप्टरमा जाने विकृति बढ्दै छ, त्यसले तीनवटा कुरामा जोखिम बढाएको छ, यसको आर्थिक भार बेहुलीको माइतीतर्फ पर्ने, बस्तीको छाना जोखिमपूर्ण हुने, होलिकोप्टर ल्याण्ड गर्दा व्यवस्थित हेलिप्याड नहुँदा त्याे जोखिमपूर्ण हुन्छ, त्यसैले सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु, यो विकृतिलाई रोक्न आवश्यक पहलकदमी होस्'- सांसद् झाले भन्नुभयाे ।
