काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले किसानहरुलाई दूधको मूल्य तत्काल भुक्तानी गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै प्रमुख सचेतक बर्ताैलाले देशभर किसानहरुलाई ५ अर्ब बढी दूधकाे मूल्य भुक्तानी गर्नुपर्ने अवस्था रहेकाे र मकवानपुरका किसानलाई मात्रै करिब ६० कराेड दूधकाे मूल्य भुक्तानी गर्नुपर्ने अवस्था रहेकाे बताउनुभयाे ।
किसानका माग र समस्यामा गम्भीर हुन उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । किसानलाई राहत दिनेगरी बजेट बनाउन प्रमुख सचेतक बर्ताैलाले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'सरकारले बजेट निर्माण गर्दैछ, कृषिमा किसानलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने कुरामा ध्यान पुगाेस्, दूधकाे मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल लिनुहाेस्'- उहाँले भन्नुभयाे ।
खेतीपातीकाे सिजन सुरु भएकाे तर किसानले सहज रुपमा मल नपाएकाे अवस्था नरहेकाे भन्दै उहाँले बिचाैलियाहरु अन्त्य गर्दै किसानहरुले खेतीपातीकाे बेलामा राशायनिक मल सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
