काठमाडाैं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी दिने भएको छ ।
राष्ट्रिय सभा सदस्य बिमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेकाे एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक भगवती न्यौपानेले जानकारी दिनुभयाे ।
एमाले केन्द्रीय सदस्य समेत रहेकी घिमिरे कपिलवस्तुबाट प्रतिनिधित्व गर्नुहुन्छ । राष्ट्रिय सभामा उहाँकाे २ वर्ष कार्यकाल बाँकी छ ।
सत्तारुढ एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष एमालेले पाउने उल्लेख थियो । तर पछि नेकपा एकीकृत समाजवादी पनि सत्ता समीकरणमा सामेल भएपछि सहमति पत्रबाट साे बुँदा हटाइएको थियो।
यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिएपछि राष्ट्रिय सभा पद रिक्त छ । साे पदका लागि चैत २८ गते चुनाव हुँदैछ ।
