काठमाडौं । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा दफाबार छलफल सुरु भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेखको संरक्षण र व्यवस्थापनमा प्रभावकारिता ल्याउनका लागि तयार गरिएको विधेयकमाथि दफाबार छलफल सुरु भएको हो ।
नेपालमा हाल रहेका अभिलेखको संरक्षणका सम्बन्धमा प्रचलित कानुनमा रहेका अन्य समसामयिक र प्राविधिक विषय सुधार गर्नका लागि सरकारले संशोधन विधेयक ल्याएको हो । अभिलेख संरक्षणसम्बन्धी पुरानो ऐनलाई समयसापेक्ष बनाएर अभिलेखसम्बन्धी महत्वपूर्ण दस्तावेजलाई तीन तहका सरकारबीच समन्वयका साथ प्रभावकारी अभिलेखीकरण गर्नका लागि संशोधन विधेयक आवश्यक रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।
संशोधन विधेयकमा सजायको व्यवस्थालाई थप कडा बनाइएको छ । अभिलेख संरक्षणसम्बन्धी विधेयकमाथि दफाबार छलफल गरेर छिटो पारित गरिने समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।
