प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अंक ४० प्रतिशत कायम गर्ने सहमति भएको छ ।
आइतबार बसेकाे समितिकाे बैठकमा 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा जिल्ला न्यायाधीशका लागि न्यूनतम ५० प्रतिशत अंक ल्याउनुपर्ने प्रावधानलाई संशोधन गर्दै ४० प्रतिशत कायम गर्ने सहमति भएको हो ।
यसअघिको प्रावधानमा धेरै अनुत्तीर्ण भएको हुँदा केही परिमार्जन गेर जानुपर्ने विषय सांसद्हबीच एकमत रहेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय ममिलामन्त्री पदम गिरीले विधेयकमा रहेका बिषयमा गहन छलफल गरेर थप विषयमा निष्कर्षमा पुग्न सकिने बताउनुभयो । उहाँले अरु निकाय र जिल्ला न्यायाधीशका लागि फरक फरक व्यवस्था गर्नुभन्दा पनि समान न्यूनतम उत्तीर्ण अंक ४० प्रतिशत कायम गर्ने नीति लिनुपर्ने बताउनुभयो ।
बैठकमा अधिकांश सांसद्हरुले जिल्ला न्यायाधीशको परीक्षा मा १ जना मात्रै पास भएकाले फेल भएकालाई पनि न्यायाधीश बनाउनुपर्ने अवस्था आउन नदिन न्यूनतम उत्तीर्ण अंक ४० प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएका थिए ।
