काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अवराेधपछि प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएकाे छ ।
मंगलबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः बस्न नसकेपछि भाेलि बुधबार सम्मका लागि स्थगित गरिएकाे हाे । बैठक भाेलि बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले निकालेकाे सूचनामा उल्लेख छ ।
मंगलबार बैठक सुरु हुनासाथ कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै अवराेध गरेकाे थियाे ।
कांग्रेसकाे अवराेधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे थियाे । बैठक स्थगित गरेर सभामुखले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेतासँग छलफल गर्नुभएकाे थियाे ।
तर संसदीय छानबिन समिति बनाउने अडानबाट कांग्रेस पछि नहटेपछि बैठक भाेलिसम्मका स्थगित गरिएकाे हाे ।
