काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे कुरा सुन्नुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्ताैलाले गृहमन्त्रीलाई सुन्ने धैर्यता कांग्रेसले राख्नुपर्ने बताउनुभयाे ।
गृहमन्त्रीलाई संसद्मा बोल्न दिने कुरामा कांग्रेसले अवरोध गर्न नमिल्ने भन्दै उहाँले गृहमन्त्रीले आरोपको स्पष्टिकरण संसद्बाट दिनका लागि कांग्रेस सहमत हुनुपर्ने बताउनुभयाे ।
अरुको कुरा नसुन्ने अडान लोकतान्त्रिक दल भनिएको कांग्रेसलाई नसुहाउने भन्दै प्रमुख सचेतक बर्ताैलाले आरोपको जवाफ संसद्बाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि कांग्रेस तयार हुनुपर्ने बताउनुभयाे ।
