काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनको वातावरण बनाउनुपर्ने बताउनुभयाे ।
उहाँले आरोपीत भएसम्म रवि लामिछाने पदमा बस्न नमिल्ने बताउनुभयो । कांग्रेसले गरेको विरोध प्रतिपक्षमा बस्नुपरेको आक्रोश नभएको दाबी पनि गर्नुभयाे ।
