काठमाडाैं । राष्ट्रिय सभा उपाध्यक्षको चुनाव आज हुँदैछ ।
आज दिउँसो बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्षकाे चुनाव हुन लागेकाे हाे । बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्ष चयन गरिनेछ ।
उपायक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी बिमला घिमिरेले मनोननय दर्ता गराउनुभएकाे छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराउनुभएकाे छ ।
उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा आज चुनाव गर्न लागिएको हो । राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी अर्यालले राजीनामा दिनुभएकाे थियाे ।
