काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले अमुक रूपमा कोही व्यक्ति विशेषलाई खुइल्याउने प्रवृत्ति ठिक नभएको बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाकाे आकस्मिक समयमा बाेल्दै सांसद् सापकाेटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति लक्षित गर्दै त्यसाे भन्नुभएकाे हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे राज्यका संयन्त्रले दिएका तथ्यसहित जिम्मेवारीपूर्वक जवाफ दिनुभएकाे भन्दै उहाँले त्यसलाई कांग्रेसले फैसला गरेको भनेकोप्रति कडा आपत्ति जनाउनुभयाे । 'अमुख रुपमा काेही व्यक्ति विशेषलाई खुइल्याउने, तत्काल रियाक्टकाे विषय बनाउने काम नगराैं'- सांसद् सापकाेटाले भन्नुभयाे ।
सहकारीका पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा काेही पनि अस्पष्ट नरहेकाे भन्दै उहाँले तर न्याय पाउनुपर्छ भनेर सत्ताको दाउपेचका रूपमा त्यसलाई बहसकाे विषय बनाउनु नहुने बताउनुभयाे ।
संसद्को १५ महिनाको अवधिमा मुस्किलले ३ वटा विधेयक मात्र पास भएका भन्दै उहाँले सबै मिलेर विधेयक अघि बढाउनुपर्ने बताउनुभयाे । संसद्लाई बन्धक बनाउन नहुने सांसद् सापकाेटाले
सदनमा रचनात्मक शैली अपाउनुपर्ने भन्दै उहाँले असहिष्णु नबनी धैर्यतापूर्वक र धिरतापूर्वक प्रस्तुत हुन कांग्रेसलाई सुझाव दिनुभयाे ।
