काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएकाे छ ।
बुधबारकाे प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायत अन्य प्रतिपक्ष दलहरू राप्रपा र लोसपासहितको अवरोधपछि सभामुख देवराज घिमिरेले वैशाख २ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।
बुधबार बसेको बैठकमा आकस्मिक समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसद्हरुले बोल्नेक्रम सकिएपछि सभामुखले सदन नियमित कार्यसूचीमा प्रवेश गराउनुभएकाे थियाे । तर उहाँले शून्य समयकाे कार्यक्रम सुरु गर्नासाथ प्रतिपक्षका सांसद्हरु उठेर विरोध जनाए । उनीहरुले केहीबेर नाराबाजी समेत गरेका थिए ।
सभामुखले कार्यसूची अघि बढाउनका लागि पटकपटक अनुराेध गर्दा पनि प्रतिपक्षी सांसद्ले टेरेनन् । त्यसपछि सभामुख घिमिरेले वैठक स्थगित गर्नुभएकाे हाे ।
