काठमाडाैं । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष बिमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्ष घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।
राष्ट्रपति रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क. को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेलाई शपथ गराउनुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
नेकपा एमालेकी सांसद् घिमिरे बुधबार नै राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।
