काठमाडाैं । 'निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी' संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद् कमला पन्तले सो प्रस्ताव पेस गर्नुभएकाे हाे । पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रस्ताव राष्ट्रिय सभा पेस गर्नुपरेको उहाँले बताउनुभयाे ।
सो संकल्प प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक हुनुहुन्छ ।
