काठमाडाैं । डा.अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएकाे छ ।
राष्ट्रपति रामचन्द्र पाैडेलले मन्त्रिपरिषद्काे सिफारिसमा शाक्यलाई बिहीबार राष्ट्रिय सभा सदस्यमा मनाेनीत गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमाी दिएकाे छ । राष्ट्रपति पाैडेलले संविधानकाे धारा ८६ काे उपधारा २ काे खण्ड ख बमाेजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनाेनीत गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
०८० चैत ३० गते बसेकाे मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनाेनीत गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।
डा. शाक्य पूर्व राजदूत समेत हुुनुहुन्छ । शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत हुनुहुन्थ्याे ।
