काठमाडाैं । नेकपा एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेस गर्दै प्रमुख सचेतक भण्डारीले अल्पमतमा परिसकेपछि पनि पदमा बस्नु गलत भएकाे बताउनुभयाे । मुख्यमन्त्री कार्कीलाई निर्देशन दिनकै लागि संकल्प प्रस्ताव पेस गरिएकाे उहाँले बताउनुभयाे ।
संविधानकाे जुनसुकै धारा अनुसार मुख्यमन्त्री भएपनि समर्थन गरेका दलले समर्थ फिर्ता लिएपछि विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाे उहाँले स्मरण गराउनुभयाे ।
अल्पमत र बहुमत जान्दिनँ, विश्वासकाे मत लिन्नँ र राजीनामा दिन्नँ भन्ने मुख्यमन्त्री कार्कीकाे अभिव्यक्ति गलत रहेकाे प्रमुख सचेतक भण्डारीले बताउनुभयाे ।
५२ जना बहुमत सांसद्काे हस्ताक्षर नचिनेपनि मुख्यमन्त्रीले संकल्प प्रस्तावपछि मार्ग प्रशस्त गर्नुहुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयाे ।
