काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आव्हान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले बैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी बैठक आह्वान गरेको जानकारी दिएको हो ।
