काठमाडौं । आजबाट सुरु भएको संघीय संसद्को बजेट अधिवेशनका वैठकहरु नेपाली कांग्रेसले चल्न नदिने भएको छ ।
गृहमन्त्री रवि लामिछाने जोडिएको भनिएको सहकारी घोटालाको छानविनका लागि संसदीय समिति बनाउने कांग्रेसको अडान छ । यो अडान अनुसार कांग्रेसले अघिल्लो अधिवेशनमा प्रतिनिधि सभा वैठक अवरोध गरेको थियो ।
अब राष्ट्रिय सभा पनि कांग्रेसले अवरोध गर्ने भएको हो । राष्ट्रिय सभाको आजको वैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा अवरुद्ध भएको बेला राष्ट्रिय सभा चलाउनुको अर्थ नहुने घोषणा गर्नुभयो ।
कांग्रेस संसदीय दलले राष्ट्रिय सभा वैठक पनि अघि नबढाउने निर्णय गरेको सिटौलाले सुनाउनुभयो ।
