काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेकाे छ ।
शुक्रबारदेखि सुरु भएको संघीय संसद्को बजेट अधिवेशनको सुरुकै बैठक कांग्रेसले अवरोध गरेकाे हाे । कांग्रेस सांसद्हरुले वेल घेर्दै नाराबाजी गरेका छन् ।
सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठनकाे माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेकाे हाे ।
सभामुख देवराज घिमिरेले बजेट अधिवेशनकाे पहिलाे बैठक भएकाले महत्वपूर्ण कार्यसूची अघि बढाएपछि अरु विषयमा छलफल गर्न सकिने भन्दै पटक-पटक बस्न आग्रह गर्नुभयाे । तर कांग्रेस सांसद्ले अटेर गरे । बरु उनीहरु थप आक्राेशित हुँदै वेल घेर्दै नाराबाजी गरिरहे ।
कांग्रेसले अवराेध जारी राखेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे छ ।
