काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अवराेधपछि सभामुख देवराज घिमिरे प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएकाे हाे । उहाँले आगामी जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराउनुभयाे ।
बजेट अधिवेशनकाे पहिलाे बैठककै दिन कांग्रेसले वेल घेर्दै नाराबाजी गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे थियाे । त्यसपछि सुरु भएकाे बैठक पनि कांग्रेसले अवरुद्ध गरेपछि सभामुखले कार्यक्रमहरु सूचीबाट हटाएर बैठक स्थगित गरेकाे घाेषणा गर्नुभयाे ।
सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेकाे हाे ।
कांग्रेसकाे अवराेधका कारण राष्ट्रिय सभा बैठक पनि जेठ १ गतेसम्मका लागि स्थगित भइसकेकाे छ ।
