काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएकाे छ ।
बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्काे सिफारिसमा कोशी प्रदेश सभाको पाँचौ अधिवेशन सोमबार बिहान ११ बजे बस्ने गरी आह्वान गर्नुभएकाे छ ।
नेकपा एमाले काेशी प्रदेश संसदीय दलका नेता कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । उहाँलाई नेकपा एमालेका ३९, नेकपा माओवादी केन्द्रका १३ सहित ५२ प्रदेश सभा सदस्यको समर्थन छ ।
