काठमाडाैं । सरकारले आगामी ५ वर्षभित्र नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घाेषणा गरेकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ५ वर्षभित्र नेपाललाई फलफूलमा आत्मनिर्भर बनाइने बताउनुभयाे ।
राजमार्ग छेउछाउमा फलफुलका बिरुवा राेप्ने कार्य अघि बढाइने उहाँले बताउनुभयाे । निजी क्षेत्रसँग सहकार्य गरेर खाद्य प्रशोधन केन्द्र खाेलिने उहाँले बताउनुभयाे ।
