काठमाडाैं । सरकारले १ हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कम्तिमा १ हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताउनुभयाे ।
उहाँले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने बताउनुभयाे ।
