काठमाडाैं । सरकारले आगामी वर्ष प्रधानमन्त्री छाेरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छाेरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे ।
राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रमलाई पुर्नसंरचना गरी थप प्रभावकारी बनाइने उहाँले बताउनुभयाे । दुर्गम क्षेत्रका ज्यान जाेखिममा परेकाे गर्भवती तथा सुत्केरीकाे हवाई उद्धार कार्यलाई प्रदेशसँगकाे समन्वयमा विस्तार गरिने राष्ट्रपति पाैडेलले बताउनुभयाे ।
मानव विकास सूचकांकका पछि परेका जिल्लामा वडा केन्द्रित विशेष महिला तथा सामाजिक विकास कार्यक्रम सञ्चालन गरिने पनि उहाँले बताउनुभयाे ।
