काठमाडाैं । प्रतिनिधि सभाको बिहीबारकाे बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नाराबाजी गरेको छ ।
बैठक सुरु हुनासाथ कांग्रेसका सांसद्हरुले वेल घेरेर उठेर नाराबाजी गरेका हुन् । सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठनकाे माग गर्दै कांग्रेसले आज पनि सदन अवरुद्ध गरेकाे हाे ।
