काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अवराेधपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
सहकारी ठगी काण्डमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ ।
प्रतिपक्षको अवरोधकाबीच सभामुख देवराज घिमिरले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाउनुभएकाे थियाे । उहाँले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिनुभएकाे थियाे । तर कांग्रेस सांसद्ले गृहमन्त्रीलाई घेरे ।
