काठमाडाैं । नेकपा एमालेका सांसद् सांसद योगेश भट्टराईले बिहीबारकाे प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे व्यवहार निन्दनीय र खेदजन्य रहेकाे बताउनुभएकाे छ ।
बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् भट्टराईले कांग्रेसले संसद्मा मुठभेड निम्त्याउन खाेजेकाे बताउनुभयाे ।
कांग्रेसले असंदीय र अमर्यादित व्यवहार देखाएकाे उहाँले बताउनुभयाे । कांग्रेसले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका अगाडि अशिष्ट व्यवहार गरेकाे भन्दै सांसद् भट्टराईले निन्दा गर्नुभयाे ।
जेठ ३ संसदीय इतिहासमा कालाे दिन भएकाे उहाँले बताउनुभयाे । कांग्रेसका पदाधिकारी (धनराज गुरुङ) मन्त्रीकाे बेञ्चमा आएर डिस्टर्भ गरेपछि हाम्राे पार्टी अध्यक्ष ओलीले हाम्राे बेञ्चमा नआउनस् भनेर सम्झाउनुभएकाे सांसद् भट्टराईले बताउनुभयाे ।
संसद्लाई निरन्तर अघि बढाउने पक्षमा एमाले रहेकाे उहाँले बताउनुभयाे । संसद्मा बाेल्न पाउने अधिकार कांग्रेसले कुण्ठित गरेकाे भन्दै सांसद् भट्टराईले कुनैपनि सांसद् वा मन्त्रीले आफूमाथि उठेकाे प्रश्नकाे जवाफ दिने ठाउँ संसद् भएकाे बताउनुभयाे । दुनियाँमा जहाँपनि प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीलेमाथि प्रश्न उठेपछि उनीहरुले संसद्मा जवाफ दिने र आवश्यक परे राजीनामा दिने अभ्यास रहेकाे उहाँले बताउनुभयाे । गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने पनि सांसद् भट्टराईले बताउनुभयाे ।
कांग्रेस याे अलाेकतान्त्रिक र अप्रजातान्त्रिक व्यवहारबाट पछि हट्नुपर्ने भन्दै उहाँले भाेलिदेखि नियमित रुपमा सदन अघि बढ्नुपर्ने बताउनुभयाे । कांग्रेसकाे मागमा सरकार संवेदनशील रहेकाे तर बाेल्नै नदिने, जवाफ दिनै नदिने र कांग्रेसले भनेकाे मात्रै चल्ने ठाउँ संसद् नभएकाे सांसद् भट्टराईले
संसद्लाई आफ्नो दलको केन्द्रीय समिति वा तरु क्लब नठान्न सांसद् भट्टराईले कांग्रेसलाई चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे - 'याे कांग्रेसकाे प्लेफर्म मात्र हाेइन, संसद् कांग्रेसकाे केन्द्रीय समिति हाेइन, याे संसद् हाे, जनताबाट चुनिएर आएका २७५ जना प्रतिनिधि सभा सदस्य बस्ने ठाउँ हो, यो नेविसंघ वा तरुण दलकाे क्लब जस्तो हैन, संसद् हो, मर्यादा हुन्छ, कांंग्रेसमात्र छैन यहाँ, हामी पनि छौँ, अरु पनि छन् ।'
संसद्लाई रुलिङ गर्ने काम सभामुखकाे भएकाे भन्दै उहाँले सदन सभामुखकाे निर्देशन अनुसार चल्ने बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'कांग्रेस कुन पार्टी हाे उसले भनेकाे सबैले मान्नुपर्ने ? काे हाे कांग्रेस हामीलाई रुलिङ गर्ने ? संसद्लाई रुलिङ गर्ने सभामुख हाे जाेसुकै सभामुख हाेस्, हिजाे रामचन्द्र पाैडेल, दमननाथ ढुंगाना, तारानाथ रानाभाट हुनुहुन्थ्याे उहाँहरुकाे रुलिङ हामीले मानेकाे हाे, आज काे छ सभामुख कुरा त्याे हाेइन, सभामुखकाे मर्यादा कायम गर्दै सभामुखकाे निर्देशन अनुसार संसद् चल्छ चल्नुपर्छ ।'
एमालेमा सहमति र संवाद चल्ने भन्दै उहाँले पेल्ने र ठेल्ने एमालेकाे डिस्नेरीमा नरहेकाे बताउनुभयाे ।
