काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको छ ।
आज बिहान ११ बजेको लागि बोलाइएको बैठक सूचना टाँस गरेर दुई बजेलाई सारिएको हो । प्रतिपक्षी दलहरू छलफलमा रहेकाले उनीहरूको आग्रहमा बैठक सारिएको बुझिएको छ ।
बिहीबारको बैठकमा कांग्रेसले संसद् अवरुद्ध बनाएपछि आज बिहान ११ बजेको लागि बैठक बोलाइएको थियो । हिजोको बैठकमा कांग्रेस सांसदले एमाले संसदीय दलका नेता केपी ओली माथि अभद्र व्यवहार गर्ने प्रयास गरेका थिए । सो क्रममा दुई पक्ष बिच धकेलाधकेल समेत भएको थियो ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृह मन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको बनाउनु पर्ने अडान राख्दै आएको छ । सरकारमा रहेका दलले भने त्यसको आवश्यकता नरहेको बताउँदै आएका छन् ।
