काठमाडाैं । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपरान्ह ४ बजेका लागि सारिएको थियो । तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी काण्डका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको छ । तर सत्तापक्षले भने व्यक्ति केन्द्रित छानबिन बनाउन नसकिने बताउँदै आएकाे छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा पनि कांग्रेसले अवरोध गरेको थियो । कांग्रेसकाे अवराेधपछि बैठक आइतबारसम्म स्थगित भएकाे छ ।
