काठमाडौं । प्रतिनिधि सभाकाे बैठक सरेकाे छ ।
आइतबार बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक सूचना टाँसेर दिउँसाे २ बजेका लागि सारिएकाे संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ । 'आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११:०० बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको छ'- सूचनामा उल्लेख छ ।
सहकारी ठगी काण्ड छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक सारिएकाे हाे । कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक लम्बिएपछि प्रतिनिधि सभा बैठक प्रभावित भएकाे हाे ।
सत्तापक्ष र प्रतिपक्ष दलबीच शनिबार साँझ सहकारी काण्डमा छानबिन समिति बनाउने सहमति भएकाे थियाे । साे समितिकाे कार्यादेश कस्ताे हुने भन्नेबारे तय गर्न कार्यदल बनाइएकाे छ ।
