काठमाडाैं । राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
आइतबारका लागि बाेलाइएकाे बैठक बस्दै नबसी भाेलिसम्मका लागि स्थगित गरिएकाे हाे । संघीय संसद् सचिवालयले सूचना टाँस गरी सोमबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएकाे छ ।
आइतबार १ः१५ मा बोलाइएको बैठक बस्न नसकेपछि ३ः१५ मा सारिएको थियो । तर सारिएकाे बैठक पनि बस्न नसकेपछि बैठक भाेलिसम्मका लागि स्थगित गरिएकाे हाे ।
