काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेकाे सम्बाेधनपछि प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले सम्बाेधन गर्नुभएकाे हाे ।
गृहमन्त्रीले बाेलेलगत्तै कांग्रेसका सांसद्ले उठेर विराेध जनाए । कांग्रेस सांसद्ले बाेल्नका लागि समय पनि मागे । तर सभामुख घिमिरेले आजकाे कार्यूचीमा रहेका सम्पूर्ण कार्यक्रम कार्यसूचीबाट हटाइएकाे र बैठक स्थगित गरिएकाे बताउनुभयाे । उहाँले अर्काे बैठक भाेलि बस्ने जानकारी गरानुभयाे ।
